सन्दिप लामिछानेले राखे नयाँ रेकड


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् ।

सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन्। सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्।

यो सँगै विकेट लिएसँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको संयुक्त नाममा थियो। बसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए। विनोदले सन् २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए।

उमेर समूहमा एकै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वा्धिक विकेट लिने रेकर्ड सन्दिप लामिछाने नै हुन्। सन्दिपले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement