काठमाडौँ जेसिजको अध्यक्षमा एन्जिला खड्का निर्वाचित

काठमाडौँ जेसिजको अध्यक्षमा एन्जिला खड्का निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  काठमाण्डु जेसिजको अध्यक्षमा एन्जिला खड्का निर्वाचित भएकी छन् । शनिवार काठमाण्डुको बागबजारमा भएकाे निर्वाचनमा एन्जिला खड्का निर्वाचित भएकी हुन्

काठमाण्डु जेसिजको सम्पन्न ४१ औँ शाखा अधिवेशन तथा ५३ औँ साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्षमा एन्जिला खड्कालाई निर्वाचित गरेकाे हाे ।

त्यस्तै महासचिवमा श्याम कुमार घिमिरे, कोषाअध्यक्षमा करुणा थापा, जनरल लिगल काउन्सिलर (जीएलसी) मा प्रविन कुमार राइ निर्वाचित भएका छन् । त्यस्तै इमिडेट पास्ट प्रेजिडेन्ट (आइपीपी) मा रफी भण्डारी निर्वाचित भएका छन् ।

उक्त अधिवेशन अन्तर्गत कार्यकारिणी उपाध्यक्षमा नारायण आचार्य र रजेन काजी श्रेष्ठ, प्रकाश श्रेष्ठ निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षहरुमा बसन्त ब्लोवन,नारा आदित्य राइ, निरज कार्की र कविराज फुयाल मनोनित भएका छन् ।

काठमाडौँ जेसिज नेपाल जेसिजकै पुरानो र प्रतिष्ठित शाखाको रुपमा रहेको छ । काठमाण्डु जेसिजको ५३ औँ वार्षिक साधारण सभाबाट निर्वाचित भएकी एन्जिला खड्का काठमाण्डु जेसिजको इतिहासमा दोस्रो महिलाको रुपमा नेतृत्वमा आएकी हुन् । अध्यक्षमा निर्वाचित एन्जिला खड्का आफैमा एक सफल युवा उद्यमी हुनुका साथै एक प्रतिष्ठित समाजसेवीको रुपमा परिचित छन् ।