गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नियमित खेल हुन्छन् : मेयर दाहाल

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नियमित खेल हुन्छन् : मेयर दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि सञ्चालन हुने बताएकी छन् ।

बागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने बताइन् ।

नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पारिन् ।

क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको जनाइएको छ । पहिलो चरणमा ७५ करोडको काम हुनेछ ।

उनले भनिन्, ‘क्रिकेट रंगशाला बन्नेमा दुईमत छैन । केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा २ विश्वविद्यालयबाट सहमतिपत्र आउँदैछ । १ महिनाभित्र निर्माण सुरु गर्ने गरी टेन्डरको काम हुँदैछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सचिव तथा बागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतम बुद्ध क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै बढेको बताए । अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर दाहालले अग्रसरता लिएकोमा प्रशंसा गरेका छन् ।