एकीकृत समाजवादीको महाधिवेशन जेठ पहिलो हप्ता गर्ने निर्णय

एकीकृत समाजवादीको महाधिवेशन जेठ पहिलो हप्ता गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको महाधिवेशन जेठ पहिलो हप्ता गर्ने निर्णय भएको छ ।

पार्टी कार्यालय शान्तिनगरमा आज मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।

बैठकले आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाण्डुमा हुने जनाइएको छ ।