आगो ताप्ने क्रममा जलेर १ जनाको मृत्यु

आगो ताप्ने क्रममा जलेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धापल्चोक – जिल्लाको बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोकबहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका २ छोराछोरीको सकुशल उद्धार गरिएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।