छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति अस्पताल भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।