‘एनसेलको शंकास्पद शेयर खरिद बिक्रीबारे छानबिन हुने’

‘एनसेलको शंकास्पद शेयर खरिद बिक्रीबारे छानबिन हुने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद बिक्री शंकास्पद रहेको बताएको छ । बुधवार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्री शंकास्पद भएकाले यसबारे छानबिन हुने स्पष्ट पारेको हुन् ।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले जानकारी दिएका छन् ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ)मा बिक्री गरेको घोषणा सार्वजनिक गरेको थियो ।

शेयर बेचे पनि सन् २०२९ सम्म एनसेलबाट हुने लाभांश भने आफूले नै पाउने गरी सम्झौता गरेको शुक्रबार सार्वजनिक विज्ञप्तिमा उल्लेख थियो ।