कपिल र सुनीलको नयाँ सहकार्य, ६ वर्षको तीक्तता समाप्त

कपिल र सुनीलको नयाँ सहकार्य, ६ वर्षको तीक्तता समाप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच ६ वर्षदेखिको तीक्तता मेटिएको छ। आफ्नो पुरानो तीक्तता समाप्त गर्दै यी दुई आफ्नो पुरानो टिमसँग पुन नयाँ सोमा देखिने भएका छन्।

नेटफ्लिक्सको अपकमिङ सोमा दुवै देखिन लागेका हुन्। नेटफ्लिक्सले एक भिडियो सार्वजनिक गर्दै दुवै एकसाथ देखिन लागेको जनाएको छ।उक्त भिडियोमा उनीहरू दुवैले फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएको देख्न सकिन्छ। उक्त भिडियोमा दुवैले १९० भन्दा धेरै देशमा आफ्नो प्रोजेक्ट आउने जनाएका छन्।

भिडियोमा कपिलले आफूहरू विश्वका १९० देशमा आउँदै छौँ भन्छन्। उत्तरमा सुनिलले चाहिँ हामी अस्ट्रेलिया भने जाँदैनौँ भनिदिन्छन्। ‘होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन्’, कपिल बोल्छन्। तर, सुनिलले एउटा सर्त राख्छन्, ‘हवाईजहाजबाट होइन, सडक भएर जाने।‘ अप कमिङ शोमा उनीहरू सँगसँगै राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन्।