पुसदेखि चैतसम्म जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

पुसदेखि चैतसम्म जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

आज बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले दबाबका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए ।

कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको उनले बताए ।

अध्यक्ष लिङ्देनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जनदबाबका कार्यक्रम अघि बढाउने बताए ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकताभित्र आफ्नो भविष्य नखोज्ने बताएका छन् ।