आगलागीमा घाइते १ जनाको मृत्यु

आगलागीमा घाइते १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विराटनगरमा भएको आगलागीमा घाइते भएका १ जनाको मृत्यु भएको छ ।

सातघुम्ती चोकमा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–७ का मण्डलको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए ।

‘दीपक मण्डलको मृत्यु भएको छ, न्यूरोमा उपचार गराइरहेका थप ३ जना पनि गम्भीर घाइते छन्,’ उनले भने, ‘कोशीमा उपचार गराइरहेका १ जनाको अवस्था सामान्य छ ।’