बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान – श्रीमती ४० वर्षीया सितला सार्कीमाथि बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका–३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्या सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।