लोसपाले बोलायो केन्द्रीय समिति बैठक

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा बुधबार भएको शीर्ष नेताहरूको छलफलबाट मंसिर २४ र २५ गते काठमाण्डुमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको लोसपाका सचिव मनिष मिश्रले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठन लगायत विषयमा बैठकमा छलफल हुने उनले बताए ।

असोजमा केन्द्रीय समिति घोषणा भएपछि लोसपाको पहिलो बैठक बस्न लागेको छ । २०७८ सालमा जसपाबाट अलग भएर बनेको लोसपामा लामो गृहकार्यपछि २०८० असोजमा ३११ सदस्यीय केन्द्रीय समिति बनेको थियो ।