एनसेलमाथि संसदीय छानबिन गर्न अनेरास्ववियुले बुझायो सभामुखलाई ज्ञापनपत्र

एनसेलमाथि संसदीय छानबिन गर्न अनेरास्ववियुले बुझायो सभामुखलाई ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा विशेष समितिमार्फत छानबिन हुनुपर्ने माग गरेको छ ।

सभामुख देवराज घिमिरेलाई भेटेर अनेरास्ववियुले एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरले एनसेल शेयर खरिद–बिक्री प्रकरण रहस्यमय बनेको बताए । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको टीमले सभामुख घिमिरेलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाएको छ ।

सभामुख घिमिरले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रूपमा बाहिर आएको बताए ।