काठमाण्डु – अमेरिका पठाइदिन्छु भनेर ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले १ जनालाई पक्राउ गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय पदम न्यौपानेको छोरा २८ वर्षीय रमेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले गणेश अधिकारी समेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँ तलबमा काम लगाइदिने भनी प्रलोभनमा पारेर पटक–पटक गरी ६४ लाख ४५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेको आरोप छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले न्यौपानेको खोजतलास गर्ने क्रममा काठमाण्डु महानगर–३१ नयाँबानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया