काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरूसँग गठबन्धन गरेर कांग्रेसको अस्तित्व बिस्तारै समाप्त हुँदै जाने बताएका छन् ।
काठमाण्डुमा आज शुक्रबार भएको कार्यक्रममा बोल्दै कोइरालाले गठबन्धन गर्नै परे प्रजातान्त्रिक विचार भएकाहरूसँग गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरूसँग मात्रै गठबन्धन गर्न सक्छौं । कम्युनिष्टसँग गठबन्धन गरेर जान थालियो भने हामीहरूको अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ ।’
देश परिवर्तन गर्न कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उनले बताए । उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । युवा साथीहरू धेरै महत्त्वकांक्षा राख्नुस् तर उग्र महत्वाकांक्षा अलि राम्रो हुँदैन ।’




प्रतिक्रिया