रोट्रयाक्ट क्लबद्वारा धुम्बाराहा माविलाई विभिन्न सहयोग प्रदान

रोट्रयाक्ट क्लबद्वारा धुम्बाराहा माविलाई विभिन्न सहयोग प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्यानेजमेन्ट रोट्रयाक्ट क्लबले धुम्बाराहा माध्यमिक विद्यालयलाई विभिन्न सहयोग प्रदान गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच रोट्रयाक्ट क्लबका संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा ७, ८, ९ र १० कक्षाका छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान, कपि १०० थान, पुस्कालयका लागि सन्दर्भ पुस्तक ७० वटा, पेन्सिल ब्याग १०० वटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फूटबल र टेनिसटेबल लगायत) र ट्रयाकसुट लगायतका लुगाहरू धुम्बाराहा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेका छन् ।

सामग्री हस्तान्तरण गर्दै क्लबका संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् भने विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्रयाक्ट क्लबले विद्यालय र विद्यार्थीका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगी भावना लिएर अगाडि बढ्न शुभकामना दिइन् ।

क्लबद्वारा आयोजित कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब पाटन साउथ, बुद्ध पब्लिकेसन, प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेसन लगायतका संस्थाको सहयोग रहेको बताइएको छ ।