आयोजनाहरूको काम समयमा नै सकेर बोनस खानुस् : प्रधानन्यायाधीश श्रेष्ठ

आयोजनाहरूको काम समयमा नै सकेर बोनस खानुस् : प्रधानन्यायाधीश श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आयोजनाको काम समयमै सकेर बोनस खान निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि आज शनिबार उनले समयमा निर्माण कार्य सम्पन्न नहुँदा राज्यको बजेट दुरुपयोग भएको बताए ।

उनले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताए । उनले भने, ‘ठूला आयोजनाहरू ठेकेदारले अलपत्र पारेको समाचार आउँछन्, समयमा सकेर बोनस खानुस् । समयमा काम गर्ने पद्धति बसेमा निर्माण कम्पनीप्रति विश्वास बढ्छ ।’

भवनको प्राविधिक काम सघन शहरी तथा भवन डिभिजन कार्यालय बागलुङको जिम्मामा छ ।