सप्तरी – प्रहरीले सप्तरीमा ब्राउन सुगरसहित १ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका–५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका छन् ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेको छ ।
उनले लगाएको जिन्स पाइन्टबाट ० दशमलव ३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।




प्रतिक्रिया