पैसा माग्न घरमा गोली प्रहार गर्ने ३ जना पक्राउ

पैसा माग्न घरमा गोली प्रहार गर्ने ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – ठूलोबुवासँग पैसा माग्ने उद्देश्यले घरमा गोली प्रहार गर्नेसहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षका निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

पक्राउ परेका निश्चल पौडेलले पैसा असुल्ने उद्देश्यले आफ्नै ठूलोबुवा हेटौंडा उपमहानगरपालिका–९ बस्ने सूर्यप्रसाद श्रेष्ठको घरमा गोली प्रहार गरेका थिए । उनले मंसिर १९ गते साँझ पौडेलको घरमा गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ मा रहेको डेराबाट प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट सेमिअटोमेटिक पेस्तोल १ थान, २० राउण्ड गोली, हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन २.४०० ग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोबाइल ५ थान, ५० हजार नगद र २ थान मोटरसाइकल बरामद गरेको छ ।