प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले २० मंसिरमा राजीनामा दिएका हुन् । तर, उनको राजीनामा भने प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म स्वीकृत गरेका छैनन् ।

उनले आफूले २० गते नै राजीनामा बुझाएको बताए ।  गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।