नवरात्रिको चौथो दिन: आज कुष्माण्डा देवीको पूजा

नवरात्रिको चौथो दिन: आज कुष्माण्डा देवीको पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  नवरात्रिको चौथो दिन आज शनिबार देवी कुष्माण्डाको पूजा आरधाना गरिदैंछ ।  आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो। जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन्।

दशैंको चौथो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।