बैंकिङ कसूर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसूर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका फरार प्रतिवादीलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

अदालतबाट बिगो कायम भएका फरार प्रतिवादी शेरबहादुर मगरलाई कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महानगरपालिका–१५ हात्तिवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।