एमालेको संकल्प यात्रामा पहिचानवादीको अवरोध, रुख ढालेर सडक अवरुद्ध

एमालेको संकल्प यात्रामा पहिचानवादीको अवरोध, रुख ढालेर सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको मध्य पहाडी लोकमार्ग यात्रामा पहिचान पक्षधरले अवरोध गरेका छन् । पहिचान पक्षधरले ठाउँठाउँमा रुख ढालेर खोटाङमा सडक अवरुद्ध पारेका हुन् ।

पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण खोटाङमा आज बिहानैदेखि यातायात ठप्प भएको छ। एमालेले सञ्चाल गरिरहेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो।

समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत एमालेले आज घुर्मीमा बृहत् जनसभा गर्ने तयारी गरेको छ। त्यसकै विरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। नेकपा एमालेले एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको छ ।