काठमाण्डु- कोशीमा एमालेको अभियानलाई अवरोध गर्ने ८ जना पक्राउ परेका छन् । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने ८ पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि यहाँ सुरक्षा निगरानी बढाइएको छ ।




प्रतिक्रिया