काठमाण्डु – नक्कली सर्टिफिकेट बनाएको आरोपमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् ।
स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेपछि प्रहरीले छानबिन थालेको थियो ।
उनले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात कीर्ते गरेर पेश गरेको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।




प्रतिक्रिया