काठमाण्डु – नक्कली कागजपत्र बनाएर विदेश पठाएको आरोपमा नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अनुसन्धान कार्यालयले अधिकृत पोखरेललाई पक्राउ गरेको हो ।
नक्कली कागजातका आधारमा भिजिट भिसा बनाएर पठाउने काममा पोखरेलको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
उजुरी परेपछि नक्कली कागजात बनाउनेहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।




प्रतिक्रिया