काठमाण्डु – तोकिएको मितिमा परीक्षा नभई स्थगित भएको अधिवक्ताको परीक्षा अब पुस १३ र १४ गते हुने भएको छ ।
नेपाल बार काउन्सिलले आज मंगलबार सूचना जारी गर्दै यसअघि तोकिएकै परीक्षा केन्द्रमा परीक्षा हुने सचिव भानदेव जोशीले जानकारी दिए ।
मंसिर २२ र २३ गतेका लागि निर्धारण गरिएको अधिवक्ताको ३१औं परीक्षा अदालतको आदेशका कारण रोकिएको थियो ।
खुला विश्वविद्यालय अध्ययन गरेका विद्यार्थीलाई काउन्सिलले परीक्षामा सहभागी गराउन नचाहेपछि विद्यार्थी अदालत पुगेका थिए । तर सर्वोच्चले विद्यार्थीको पक्षमा आदेश नदिएपछि परीक्षा हुने भएको छ ।





प्रतिक्रिया