हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमालयन रि–इन्स्योरेन्सको प्रिमियम आईपीओ रोक्न माग राख्दै उच्च अदालत पाटनमा दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ ।

यससँगै अब हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

हिमालयन–रिको प्रिमियम आईपीओ रोक्न माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यमप्रसाद भट्टराईले संयुक्त रूपमा उच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । अब आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणले आवेदन भर्न पाउनेछन् । १० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने जनाइएको छ ।