अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध रूपमा लुकाइछिपाई भन्सार छलि लैजान लागेको सुन १७० ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाण्डु आएका भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको धातुसहित बरामद भएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।