महेन्द्रनगरमा एक सातासम्मका लागि निषेधाज्ञा जारी

महेन्द्रनगरमा एक सातासम्मका लागि निषेधाज्ञा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताका लागि महेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गरेको हो ।

भीमदत्त नगरपालिका-४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता छ । उक्त विषयमा राजनीतिक दलहरुबिच मतभिन्नता रहेकाले सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ ।

केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको छ ।