काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु भएको छ ।
खाणको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भइरहेको छ ।
न्यायाधीश कोइरालाको इजलासको रायअनुसार खाण थुनामा नै रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा पुगेको थियो ।




प्रतिक्रिया