काठमाण्डु – काभ्रेको पाँचखाल नगरपालिका–६ हनुमानगढीमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सडकमा बा८७प ६४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई प्र ३–०१– ००५ ख ९७०३ नम्बरको गाडीमा ठक्कर खाएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ बस्ने ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, प्युठानको ऐरावती गाउँपालिका–२ बरौलास्थित सडकमा लु३च ६८४७ नम्बरको गाडीको ठक्करबाट मल्लरानी गाउँपालिका–३ चोरपानी बस्ने ५२ वर्षीय दामोदर परियारको बिहीबार बिहान मृत्यु भएको छ ।
गाडीको टायर पड्किएर ब्रेक फेल भई जन्तीमा सहभागी भइरहेका व्यक्तिहरूलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको छ ।
घाइते भएका अन्य ४ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया