जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ : नेता डा. कोइराला

जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ : नेता डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको बताए ।

माओवादी नेतृत्वको सरकारले जनतामा आशसम्म जगाउन नसक्ने भएकाले सरकार परिवर्तनको विकल्प नभएको उनले बताए ।

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने कोइरालाले बताए । ‘यो सरकारसँग जनता निराश भएका छन् । जताततै भ्रष्टाचार र बेथिति मौलाएको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । सरकारको असक्षमताका कारण मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता मौलाएको छ ।’