धनुषा – धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।
बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिए। बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए ।
बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।
बालिका राखीको हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।




प्रतिक्रिया