काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको फैसलाले ३० लाख धरौटीमा छुटेका खाण थप मुद्दाको सिलसिलामा विभागमा पुर्याइएका थिए । विभागमा बयानपछि १५ लाख धरौटी मागिएको छ ।
खाणले जग्गा धितो राखेर बैंक ग्यारेन्टी पेश गरेका छन् ।
सम्पत्ति शुद्धीकरणपछि अब खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिँदैछ । अख्तियारको आदेशपछि खाण शुक्रबारै रिहा हुने वा नहुने यकिन हुनेछ ।




प्रतिक्रिया