काठमाण्डुमा सूर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाण्डुमा सूर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाण्डु महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

महानगरको मंसिर १२ गतेको निर्णयले सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो । महानगरले चुरोट खुद्रा बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धुम्रपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ ।

अदालतको आदेशमा उल्लेख छ, ‘सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

यस्तो छ आदेश –