निषेधाज्ञा तोड्न खोजेपछि बृहत् नागरिक आन्दोलनका अभियन्ता पक्राउ

निषेधाज्ञा तोड्न खोजेपछि बृहत् नागरिक आन्दोलनका अभियन्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निषेधाज्ञा लगाएको माइतीघर मण्डलातिर जान खोज्ने बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीले मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।

नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याल लगायतलाई पक्राउ गरिएको छ ।