काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पुगेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि जेलबाट रिहा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख धरौटी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साधारण तारेख पाएर छुटेका छन् ।
उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि शुक्रबार खाणले जिल्ला अदालत काठमाण्डुमा ३० लाख र सम्पत्ति शुद्धीकरणमा १५ लाखको बैंक ग्यारेन्टी बुझाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी वैशाख २७ गते पक्राउ परेका थिए । सोही प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामै छन् ।




प्रतिक्रिया