सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् ।

सीजेएनको १३औं वार्षिक साधारण सभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सहसचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधवकुमार खड्का चयन भएका छन् ।

सदस्यहरूमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।