कतारबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री साउद, विपिन रिहा हुने विश्वास व्यक्त

कतारबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री साउद, विपिन रिहा हुने विश्वास व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउद कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ स्वदेश फर्किएका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताए ।

उनले भने, ‘विदेशी र गैरसैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ ।’

प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका छन् । हमाससँग राम्रो सम्बन्ध रहेका आधारमा नेपालले कतारलाई विपिन जोशीको रिहाइमा सहयोग गर्न आग्रह गर्दै आएको छ ।