आज समापन हुँदै एमालेको संकल्प यात्रा

आज समापन हुँदै एमालेको संकल्प यात्रा


काठमाण्डु- नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन हुने भएको छ ।

पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने भएको हो । आजको यात्रा १ सय १ किलोमिटर छ। यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाण्डुका लागि प्रस्थान गर्नेछ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी छन्।