काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका छन् ।
आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् ।
‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ । राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’, बैठकमा लिङ्देनले भने ।




प्रतिक्रिया