काठमाण्डु- संघीय संसदका सदस्यहरुको टोली आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली १० दिने चीन भ्रमणका लागि एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।
भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका छ । १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते स्वदेश फर्कने छ ।




प्रतिक्रिया