काठमाण्डु- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाण्डु उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको बताएका छन्।
ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सोमबार मन्त्री ज्वालाले मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिएको बताएका हुन्।
‘काठमाडौँ उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । खानेपानीले समस्या बनाउँछ, विद्युत्ले समस्या बनाउँछ र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ। बाँकी कहीँकतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ।’, उनले भने ।
तीनै तहका सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको क्षेत्रमा धेरै अघि बढ्न सकिने ज्वालाले बताएका छन्।




प्रतिक्रिया