राप्रपाले फागुन महिनादेखि आन्दोलन गर्ने, यस्ता छन् १३ निर्णयहरू

राप्रपाले फागुन महिनादेखि आन्दोलन गर्ने, यस्ता छन् १३ निर्णयहरू


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

मंगलबार काठमाण्डुमा सम्पन्न केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन महिनादेखि मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू राखिएका छन् ।

बैठकले पार्टीका संगठन विभाग प्रमुख समेत रहेका महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ ।

बैठकले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि दबाब सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू –