अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

file photo

काठमाण्डु – धादिङ जिल्लामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज मंगलबार बेनिघाट रोराङ गाउँपालिका–९ लालटिन बजारस्थित सडकमा सुख्खा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको छ ।

अवरुद्ध भएको बाटो दुवैतर्फ खुलाउन जेसीबीसहित प्रहरीको टोली खटिएको छ । दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।