नयाँ हलमा मन्त्रिपरिषद् बैठक जारी

नयाँ हलमा मन्त्रिपरिषद् बैठक जारी


काठमाण्डु- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो ।

२०७२ को भूकम्पले क्षतिग्रस्त हल पुन:निर्माण भएपछि यहाँ पहिलोपटक बुधबार मन्त्रिपरिपद्को बैठक बसेको हो।अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।