काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आज बुधबार २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ ।
शिलबन्दी गरिएका पसलमा वडा नम्बर १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नम्बर ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् ।
वडा नम्बर १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिन समय दिइएको छ ।
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले फार्मेसीमा शिलबन्दी गर्नु परेको हो ।
अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।




प्रतिक्रिया