राष्ट्रियसभा निर्वाचन: यी हुन् ७ मतदान स्थल र १४ मतदान केन्द्र

राष्ट्रियसभा निर्वाचन: यी हुन् ७ मतदान स्थल र १४ मतदान केन्द्र


काठमाण्डु- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले बिहीबार ७ मतदान स्थल तोकेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आयोगलेप्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र तोकेको हो ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ र मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा तोकिएको छ ।

त्यस्तै बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.विं प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ प्राविधिक भवन, हेटौडा, मकवानपुर र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की तोकिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ। तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जनाइएको छ।