सर्वाेच्चका नवनियुक्त ६ न्यायाधीशद्वारा शपथग्रहण

सर्वाेच्चका नवनियुक्त ६ न्यायाधीशद्वारा शपथग्रहण


काठमाण्डु – सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका न्यायाधीशलाई बुधबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए ।

न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले न्यायाधीश पदको शपथ लिएका छन् ।